काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।
अनाधिकृत व्यक्तलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादी बन्दै आएका छन्। मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाब आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?