पार्टीकाे आवश्यकताका आधारमा उम्मेदवारी दिनेछु ;वरिष्ठ नेता पौडेल

दमौली  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे आवश्यकताका आधारमा आगामी निर्वाचनमा आफ्नो  उम्मेदवार घोषण गर्ने बताएका छन् ।  बिहीबार दमाैलीमा प्रेस युनियन तनहूँ शाखाद्वारा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै पाैडेलले  उक्त कुरा बताएका हुन  ।

पार्टीले आफ्नो आवश्यकता कसरी महशुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने उनले बताए।

उनले निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताए । पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राखे ।

उनले केपी ओलीको सरकारले संविधान मिच्ने काम गरेकोले वर्तमान् गठबन्धन सिद्धान्तको आधारमा नभई संविधान जोगाउनका लागि भएकोले यो धेरै लामो समयसम्म चल्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?