एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल लेख्न सरकारलाई आग्रह गरेको छ ।

चौतर्फी विरोधपछि मन्त्रिपरिषदले ६ असारमा एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर अहिलेसम्म अमेरिकालाई पत्र पठाएको छैन ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, एसपीपी अगाडि नबढाउने निर्णयमा पुगेका छौं भनेर पत्र लेख्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?