बेद र विज्ञान विषयक प्रवचन कार्यक्रम

दमौली : ४ वेद १८ पुराणका रचायिता २८ औँ भगवान बेद ब्यासको जन्म भुमि दमौलीमा श्रीकृष्ण द्वैपायन भगवान व्यासको अवतरण दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष दमौली तनहुँको आयोजनामा एवं व्यास नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो

। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरिता गुरूङले गुरूपूणिमाको दिन तन मन बचनले आआफ्नो गूरूहरुलाई श्रदाकासाथ पुजन गर्ने विशेष धार्मिक पर्व भएको बताईन्,उनले व्यासक्षेत्रको पर्यटकीय प्रवर्द्धनमा जोड दिने बताईन्।

विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले वैद्दिक सनातन हिन्दु धर्म र ब्यास जन्म भुमि दमौलीलाई विश्वका हिन्दुहरुको मुल थलो बनाउन सबैले हातमा हात काँधमा काँध मिलाएर लाग्नुपर्ने बताए , उनले निकट भविषयमै व्यास क्षेत्रमा वेदव्यास विश्वविद्यालय बनाउने योजना भएको बताए।

यसैगरी किरात धर्म गुरु प्रा डा चन्द कुमार शेर्माले ध्यानबाट ज्ञान ,ज्ञानबाट विज्ञान जन्मने बताए । व्यास क्षेत्रलाई ज्ञान सहित बिज्ञानमा जोड्नुपर्ने बताए । कार्यक्रममा व्यास नपा प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपलिकाले व्यास भगवानको १०८ फिट अग्लो मुर्ति निर्माण गर्नकालागि कुनै राजनैतिक आग्रह पुर्वाग्रह राख्न नहुने र सबै पक्ष मिलेर लाग्नुको विकल्प नरहेको जिकर गरे।

व्यासका अध्यता काशीनाथ न्यौपानेले व्यास भूमि आफैमा महत्वपूर्ण भुमी भएको बताउदै यसको धार्मिक पर्यटकीय प्रवद्र्धन आवश्यक रहेको बताए । कार्यक्रममा जैन धर्मगुरू नमन उपाध्याय, शान्ति स्वरूपानन्द दामोदर बाबा, वेद अनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकान्त काफ्ले, लगायतले भनाई राखेका थिए । ब्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सिग्देलले स्वागत गरेका थिए।

उक्त कार्यक्रममा किराँत धर्म गुरु डा चन्द्र कुमार शर्मा,बौद्ध धर्म गुरु रिम पोछे खिल लामा,जैन धर्म गुरु नमन उपाध्याय,सनातन संस्कृति समाजका वरिष्ठ उपाध्यक्ष सोभराम थापा, बेदानुयायी प्रतिष्ठान केन्द्र नेपालका संरक्षक दामोदर बाबा ब्यासका अधेता काशीनाथ न्यौपाने ,महर्षि फाउन्डेसनका अध्यक्ष दिपक प्रकाश वासकोटा ,सनातन संस्कृति समाजका महासचिव पुष्प पराजुली लगाएका प्राज्ञिक ब्याक्तित्वहरुले भगवान ब्यासको अविस्मरणीय योगदान र वेदको महत्त्वका बारेमा चर्चा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?