दमौली : तनहुँमा एक बर्षको अवधिमा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर, एक आर्थिक वर्षको अवधिसम्म जम्मा १२ किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यलय तनहुँका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए ।
गत आर्थिक वर्षको तुलनामा निर्मण कार्यमा प्रगति देखिएता पनि २०७८/ ७९ को बार्षिक प्रगति विवरणमा पूर्वाधार विकास कार्यलय तनहुँको निर्माण प्रगति निराशाजनक नै देखिएको छ।
कार्यलयले आव २०७८/७९ मा १८ किलोमिटर खण्डास्मित अर्थात ग्राभेल, ४७ किलोमिटर सडक चौडाई विस्तार, ४५ किलोमिटर नाली निर्माण , एक लाख ८ हजार ४ सय ५० घनमिटर टेवा पर्खाल निर्मण र ४ किलोमिटर कच्ची सडक विस्तार गरेको बार्षिक प्रगति विवरणमा उल्लेख छ।
त्यस्तैगरी झुलुंगे पुल १ वटा ,सडक पुल १ वटा र २ वटा निर्मण गरेको बार्षिक प्रगति विवरणमा उल्लेख गरेको छ।
कार्यलयले गत आर्थिक वर्षमा ४ किलोमिटर कालोपत्रे, २०किलोमिटर ग्राभेल, र कच्ची ससडक विस्तार शुन्य रहेको थियो ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?