दमौली : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्व शुक्रवार दमौलीमा रहेको ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय (ओम शान्ति)ले रक्षाबन्धन तथा स्नेह मिलन समारोह आयोजना गरि मनाइँदैछ ।
विगत केहि वर्ष देखि दमौलीमा ओम शान्तिले रक्षा बन्दन कार्यक्रम आयोजना गर्दै आएका छन्। बिहान ९ बजेदेखि सुरु सामूहिक रक्षाबन्धन दिउँसो दिनभरि सञ्चालन गरिने जनाएको छ ।
दमौलीका विभिन्न ठाउँमा बिहान केही घण्टा जसो यस बर्ष पनि रक्षाबन्धन लगाइ दिने र धारण गर्ने व्यक्तिहरुको भिड लागेको थियो । दमौली लगायत क्षेत्रमा पनि रक्षाबन्धन (जनै पूर्णिमा) पर्व जनै तथा रक्षाबन्धन धारण गरेर हर्षोल्लासका साथ मनाइँदै छ ।
त्यसै गरी दमौलीमा अन्य केही संस्थाहरुले पनि रक्षाबन्धन कार्यक्रम आयोजना गरेका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?