ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिका रहेको ऋषिङ्ग गाउँपालिका युवा विकास संघले विभिन्न स्थानहरुमा सरसफाई गरेको छ । संघले शनिवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संघले झापुटार, बेल्टार लगायतको स्थानहरुमा सरसफाई गरेको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यस क्षेत्रका नागरिकलाई समेत असर पुग्ने विभिन्न ठाउँठाउँमा फोहोर देखा परेपछि यसलाई अभियानकै रुपमा सुरुवात गरेको विकास संघ फल बहादुर थापाले जानकारी दिए ।
फोहोरमैला व्यवस्थापनमा स्थानिय सरकारको ध्यानाकर्षण भएमा भावी दिनमा चुनौतीको थुप्रो हुनेबाट न्युनिकरण हुने अपेक्षा लिएको विकास संघका अध्यक्ष थापाले बताए ।
सरसफाईमा ऋषिङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष खुश बहादुर थापा , निवर्तमान वडाध्यक्ष तथा नेपाली कांग्रेसका ऋषिङका कार्यवाहक सभापति श्री बहादुर थापा लगायत स्थानीय युवाहरुको सहभागी रहेको थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?