दमौली : नेपाली कांग्रेसको तर्फबाट जिल्ला सदस्य डम्बर अधिकारीले तनहुँ क्षेत्र नं १(२)मा उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १(२)कार्य समितिले आव्हान गरे अनुरुप उम्मेदवारी दर्ता गर्ने क्रममा अधिकारी पहिलो हुन् ।
विद्यार्थी काल देखि कांग्रेसको राजनीतिमा होमिएका अधिकारीले विद्यार्थीकालमा निर्मल माध्यमिक विद्यालयमा नेविसंघको इकाई अध्यक्ष ,पृथ्वीनाराण क्याम्पस इकाई सदस्य , नेपाली कांग्रेस व्यास नगर समितिको सहसचिव , नेपाल प्रेस युनियन तनहुँ र नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षको जिम्मेवारी सम्हालि सकेका छन् ।
त्यस्तै स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाको अध्यक्ष र विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्दै आईरहेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?