पूर्व आईजीपी खनाल एमाले प्रवेश गरे

दमौली : नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा (एमाले )प्रवेश गरेका छन् ।

पूर्व आईजीपी खनाल बिहिबार राजधानी स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेका हुन् ।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराएका थिए । खनाल एमालेको पालामा नेपालको प्रहरीको आइजीपी बनेका थिए । त्यतिबेला देखिनै एमाले संग खनालको निकट सम्बन्ध रहेको थियो ।

तनहुँ पुख्यौली थलो भएका खनाल एमाले प्रवेश गरेसगै तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बन्ने चर्चा समेत चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?