अरुको नाम लिदै देउसी भैलो , प्रहरी मौन

दमौली  : तनहुँको व्यास नगरपालिका -४ मा अरु संस्थाको नाम लिएर देउसी भैलो मार्फत पैसा संकलन गरेको पाएको छ । शनिवार साँझा व्यास – ४ स्थित हरिओम टोलमा एक समुहले नवयुवा क्लब हाइस्कुलटार र आदिकवि भानुभक्त क्याम्पसको नाम लिएर देउसीभैलो मार्फत पैसा संचालन गरेको पाएको हो ।

उनीहरुले नवयुवा क्लब हाइस्कुलटारबाट आदिकवि भानुभक्त क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरुलाई केहि रकम सहयोग बताउदै  देउसी भैलो मार्फत पैसा संकलन गरेको स्थानीय चित्र बहादुर गुरुङले जानकारी दिए ।

यो विषयमा बुझन खोज्दा नवयुवा क्लब हाइस्कुलटारका अध्यक्ष सनाम तामाङले यो वर्ष हाम्रो क्लबबाट देउसी भैलो कार्यक्रम नखेलेको बताए। उनीहरु को हुन् थाहा नभएको बताउदै उनले भने ” यो बिषयमा हामी बुझ्ने र यस्तो काम गर्ने व्यक्तिलाई कारबाही समेत हुनुपर्छ ।”

आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले कुनै पनि क्यक्तिले क्याम्पसमा भैलो खेलेर सहयोग गर्ने भनेको अहिले सम्म छैन , उनले भने “यसरी अरु नाम लिएर खेल्ने समुहलाई  कारबाही हुनुपर्छ ।”

दमौली अनलाइन को टिमले सोधपुछ गर्दा समेत उनीहरुले नवयुवा क्लब हाइस्कुलटारबाट देउसी भैलो खेलेको वताएका थिए ।

यसरी अरु नाम लिएर देउसी भैलो खेल्ने समुहलाई प्रहरीले केहि गर्न नसकेको स्थानीयको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?