भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

धादिङ :  धादिङको सल्यानटारमा भीरबाट खसेर एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

भीरबाट खसेर घाइते भएकी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारकी २१ बर्षिया भवानी खकुरालको उपचारको क्रममा मृत्यु भएको हो । उनी मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन् ।

घाइते खकुरालको उपचारका क्रममा सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा ज्यान गएको हो ।

म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?