दमौली । व्यास नगरपालिकाले ट्राफिक व्यवस्थापन, बजार सुरक्षा तथा सार्वजनिक सडक व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ निर्णयहरू सार्वजनिक गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकले बजार क्षेत्रमा सवारी व्यवस्थापन, पार्किङ नियन्त्रण, CCTV निगरानी तथा सडक सुरक्षासम्बन्धी विभिन्न निर्णय गरेको हो।
बैठकमा उप-प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, स्थानीय यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो।
मुख्य निर्णयहरू:
- दमौली बजार क्षेत्रमा अव्यवस्थित पार्किङ नियन्त्रण गर्दै CCTV निगरानी विस्तार गरिने।
- बजार सुरक्षाका लागि आवश्यक स्थानमा थप CCTV जडान तथा मर्मत कार्य गरिने।
- पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका वडा नं. १, २, ३ र ४ क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ पार्किङ तथा बस स्टप प्रणाली लागू गरिने।
- राजमार्ग क्षेत्रमा अनधिकृत पार्किङ निषेध गर्दै निश्चित स्थानमा मात्र Pick Up/Drop व्यवस्था गरिने।
- ट्राफिक चोक, भोर्लेटार चोक, गणेशमान चोक लगायत क्षेत्रमा सवारी साधनका लागि निश्चित क्यू तथा बसपार्क व्यवस्था लागू गरिने।
- बजार क्षेत्रका केही सडकहरूलाई One Way प्रणालीमा सञ्चालन गरिने।
- विद्यालय तथा कार्यालय सञ्चालन समयको व्यस्त अवधिमा भारी सवारी साधन सञ्चालनमा रोक लगाइने।
- फुटपाथ अतिक्रमण गरी व्यापार गर्ने कार्य हटाइने तथा पैदल यात्रुलाई सहज आवतजावतको वातावरण बनाइने।
- बसपार्क क्षेत्रमा बत्ती, खानेपानी तथा शौचालय व्यवस्थापनमा नगरपालिका जिम्मेवार रहने।
नगरपालिकाले यी निर्णयहरू परीक्षणका रूपमा लागू गरी आवश्यकतानुसार थप सुधार गरिने जनाएको छ। स्थानीयवासी, यातायात व्यवसायी तथा सर्वसाधारणलाई नियम पालना गरी सहकार्य गर्न आग्रह गरिएको छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?