दमौली : तनहुँको व्यास नगरपालिका-१ खकौलीमा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि स्थानको बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्यापिंदा बुधबार विहान ३० बर्षीय कमल बहादुर दरैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
स्थानीय धनबहादुर दरैको पाखोबारी जोत्ने क्रममा कमलले चलाएको लु ३ त १३३५ नम्बरको ट्याक्टर बारीको डिलबाट तल खस्दा च्यापिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए ।
घटनालगत्तै गम्भीर घाईते भएका उनको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो ।दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?