काठमाडौँ । जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
त्रिभुवन आर्मीले दिएको २२८ रनको लक्ष्य पछाएको पुलिस क्लबले ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटले उपाधि जितेको हो ।
फाइनलको पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लबले २२१ रन बनाएको थियो भने पुलिस क्लबले पनि २२१ रन नै बनाएर अल आउट भएको थियो । त्यसपछि त्रिभुवन आर्मी क्लबले दोस्रो इनिंगमा २२६ रन बनाएर अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो ।
यसअघि लिगमा आर्मी क्लबले ३ खेलमा एक जित र २ बराबरी खेल्दै ६६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै नेपाल पुलिस क्लबले ३ खेल मध्ये २ जित र एक हारसहित ६५.५ अंक हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यस्तै नेपाल एपीएफ क्लब ३ खेलमा एक जित एक हार र एक बराबरीसहित तेस्रो र बागमती प्रदेशले ३ खेलमा २ हार र एक बराबरीसहित चौथो हुदै बाहिरिएका थिए ।
योसँगै नेपाल पुलिसले लगातार दोस्रो पटक जय ट्रफीको उपाधि जितेको छ ।
जय ट्रफीमा नेपाल पुलिस क्लबबाट खेलेका कुशल भुर्तेलले सर्बाधिक ३३६ रन बनाएका छन् भने इशान पाण्डेले ३३१ र रोहित पौडेलले २७९ रन बनाएका छन् ।
त्यस्तै नेपाल पुलिसका बलर ललित राजबंशीले सर्बाधिक २६ विकेट लिएका छन् भने पुलिसकै सागर ढकालले १६ र करण केसीले ११ विकेट लिएका छन् ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?