बझाङ : सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्र काठमाडौंका अनुसार बझाङको पातादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
अहिले राति ८ बजेर १२ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका साथै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै जिल्लामा महसुस गरिएको छ । केही दिनअघि डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसयता लगातार भूकम्प गइरहेका छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?