पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत : पर्वतमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले जानकारी दिए ।

घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ भने अरुको म्याग्दीको बेनी अस्पतालमा उपचार हुँदै गरेको न्युरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?