झापामा विश्वप्रकाशलाई लगाइदिए कागती र खुर्सानीको माला

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका-९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।

झापा-१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियानझ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका महामन्त्री शर्मालाई वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका हुन् ।

यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?