माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता भण्डारीबीच भेटवार्ता

दमौली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शंकर भण्डारीबीच बुधवार भेटवार्ता भएको छ ।

केन्द्रीय सदस्य भण्डारी पोखरा आउदा अध्यक्ष दाहाल काठमाडौं फर्कने क्रममा पोखरा विमानस्थलको भिआईपि कक्षमा करिब पन्ध्र मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटमा समयसामयिक विषयमा पनि कुराकानी भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?