सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घट्यो

आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो ।

भाउ घटेर आज सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ लगातार ६ कारोबार दिन घटेको हो । गएको मङ्गलवार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।

सुन घटे पनि आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर चार हजार ५०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?