चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत अवस्थामा फेला

भरतपुर :  चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको खाग पलाएको छैन ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीलेदिएको जानकारी अनुसार निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान पनि एक पोथी गैंडा मृत फेला परेको छ ।

१५ बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । त्यस्तै तिवारीका अनुसार गैंडाको खाग र खुर भने सुरक्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?