काठमाडौं : जापान सरकारले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेललाई सम्मान गरेको छ। जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट आज पौडेललाई सम्मान गरेको हो।
नेपालका लागि जापानीज राजदूत किकुता युताकाले पौडेललाई उक्त विभूषण हस्तान्तरण गरेका हन्।
पौडेलको सचिवालयका अनुसार आज अपरान्ह काठमाडौंस्थित जापानी राजदूतको निवासमा आयोजित एक कार्यक्रममा पौडेललाई उक्त सम्मानबाट सम्मानित गरिएको हो।
पौडेललाई सम्मानित गरिएको कार्यक्रममा कांग्रेस सांसद राजेन्द्र बजगाईंलगायत केही सांसदहरू पनि सहभागी थिए।
विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। जापानका सम्राट मेइजीले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए।
पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान-नेपाल सम्बन्धका लागि यो विभूषण दिइएको हो। पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।
सेतोपाटि








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?