देउवाले पार्टीका सांसदलाई बोलाए बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् । कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा देउवाले नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन शनिबार दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ । यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयास लगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षबाट ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन्।

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासहित आधा दर्जन नेताले आकांक्षा देखाएका छन्। यसै साताभित्र संसदीय दलको नेता छान्न निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?