एमाले र माओवादी आलोपालो प्रधानमन्त्री बन्ने सहमति

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भए पनि आलोपालो प्रधानमन्त्रीको सहमति भएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?