एमालेका खगराज गण्डकीका मुख्यमन्त्री

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी चयन भएका छन् । कास्की क्षेत्र नम्बर १ (१)बाट निर्वाचित अधिकारीले आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्तिको प्रमाणपत्र लिएका छन् ।

अधिकारीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न मनाङ १ को क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिेतका राजीव गुरुङ् (दिपक मनाङे)ले समर्थन गरेका हुन् । स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत एसमा प्रवेश गरेपनि आज नेकपा एमालेबाट मुख्यमन्त्रीा दाबी पेश गर्नेक्रममा खगराज अधिकारीलाई समर्थन गरेका छन् ।

राजनीतिक समीकरण अनुसार अघिल्लो गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखेर एसमा प्रवेश गरेका मनाङेले प्रदेशमा एमालेको सरकार बन्ने देखेपछि मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन गरेका हुन् ।

पछिल्लो समीकरणमा अब मनाङेले कुनै एक मन्त्रालय पाउने पक्कापक्की भएको स्रोतले बताएको छ । मनाङेलाई मन्त्री दिन केन्द्रमा एमालेकै पहल रहेको जनाइएको छ ।

यद्यपि, उनले एस परित्याग भने गरेका छैनन् । पार्टीमा जे भएपनि सरकार टिकाउन समर्थन गरेको मनाङेको सटिक प्रतिक्रिया छ ।

अबको केही समयमा अधिकारीले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?