काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।
उनले भने, ‘फौजदारी मुद्दाका आरोपित फरार सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई केही दिनअघि नै निर्देशन दिइसकेको छु।’ मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?