ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका-८ मा रहेको दोस्ती तथा अजम्बरी सामुदायिक वन समुहले “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम वन बुधवार समुहले उपभोक्ता समिति अन्तर्गत वडाका २७ घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको हो ।
समुहले छनोट गरेर गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको स्थानीय मिलन श्रेष्ठ जानकारी दिए । ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी देखेको समुहका सचिव निल बहादुर रानाले बताए ।
गाउँपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् ।
वन समुहका अध्यक्ष बिष्णु कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित निःशुल्क ग्यास सिलिण्डर तथा चुल्हो वितरण कार्यक्रम ऋषिङ-८ वडाध्यक्ष भरत कुमार श्रेष्ठ , ऋषिङ-१ का वडाध्यक्ष कुश बहादुर थापा लगायत जनप्रतिनिधि, स्थानीय सहभागिता थियो ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?