कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

सभापति थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन । पार्टीभित्रका अन्य नेताहरुको दबाबमा अथवा उनको नेतृत्वमा निर्वाचनमा पार्टीले बेहोरेको हार के कति कारणले राजीनामा दिएका हुन्  भन्ने विषयमा अझैं खुल्न भने सकेको छैन् । सभापति थापा यसपटकको निर्वाचनमा स्वयम् सर्लाही ४ बाट पराजित भएका थिए ।

गएको पुस महिनामा काठमाडौँमा गरिएको कांग्रेस विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए । त्यस्तै, निर्वाचनको समीक्षा र पार्टीको आगामी नियमीत महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले शुक्रवार बैठकको आहवान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?