चितवन : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरुलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् ।
आज चितवन पुगेका लामिछानेले महसुस गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्ने बताए ।
उनले भने, ‘कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन,’ ‘बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्नो दलका कोही कसैले प्रभाव पार्न खोजे निर्मम भएर काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?