जाडो विदामा पर्वत कुश्माको घर हिंडेका बाबुछोरीकै विमान दुर्घटनामा मृत्यु

पोखरामा भएका विमान दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन् ।

दुर्घटनामा कुश्मा नगरपालिका ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको छ ।

काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्केका थिए । अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?