पोखरा : यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।
योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी गरिने जानकारी दिए ।
भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने प्रहरीले जनाएको छ ।
४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?