विमान दुर्घटनामा बेपत्ता भएका एकजनाको अवस्था अझै अज्ञात

काठमाडौं : पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एकजनाको अवस्था अझै अज्ञात रहेको छ । गएको आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा सवार ७२ मध्ये ७१ जनाको शव भेटिसकेको छ ।

तर, एकजनाको अवस्था अझै अज्ञात रहेको नेपाली सेनाले जनाएको छ ।

शुक्रबार साँझ जारी गरिएको सेनाको विज्ञप्तिमा उनको खोजी कार्य जारी रहेको उल्लेख छ । आज सेती नदीको बहावस्थल दोविल्ला हुँदै तनहुँको दमौली र खैरेनीटार क्षेत्रमा खोजिएको सेनाले जनाएको छ ।

आज राति परेकाले खोजी कार्य स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?