रास्वपा संसदीय दलको उपनेतामा विराजभक्त र प्रमुख सचेतकमा सन्तोष

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले उनलाई उपनेतामा चयन गरेको हो ।

श्रेष्ठ काठमाडौं ८ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

यस्तै बैठकले सन्तोष परियारलाई प्रमुख सचेतकमा चयन गरेको छ । सचेतक तोक्ने जिम्मेवारी भने प्रमुख सचेतक परियारलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?