दमौली : बाजुरा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का गण्डकी प्रदेश सहित सुदूरपश्चिम ,कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
तस्बिर: नरेन्द्र उपाध्यायको फेसबुकबाट( भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय)









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?