दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँ स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।
क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो ।
क्याम्पसको आयोजनामा भोलि माघ ११ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुने निमित्त क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले बताए ।
क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक तिल बहादुर थापाका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय छात्र फुटसल, फुटबल छात्र, भलिबल छात्र/छात्रा,डबल व्याडमिन्टन छात्र/छात्रा, डबल टेबुल टेनिस छात्र/छात्रा, डोरी तान्ने छात्रा(७/७ जना ), घैटो फुटाउने छात्र/छात्रा, म्युजिल चियर छात्र/छात्रा, लगायतका विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।
३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. अधिकारीले बताए । खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् ।
यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण भोलिबल र घैटो फुटाउने प्रतियोगिता समेत आयोजना गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?