काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक जना पुरुषले मंगलबार दिउँसाे आत्मदाह प्रयास गरेका छन् ।
प्रहरीका अनुसार इलामको पञ्चकन्या–६ निवासी ३६-३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा ज्वलनशील पदार्थ हालेर आत्मदाह प्रयास गरेकाे प्रहरीले जनाएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले आर्चायलाई घटनास्थलबाट तत्कालै अस्पताल लगिएको बताए । उनको कीर्तिपुस्थित बर्न अस्पताल पुर्याइएको छ ।
आचार्यले आत्मदाह प्रयास गर्नुको कारण भने खुलिसकेको छैन । उनको अवस्था गम्भिर छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?