‘वीर शहिद अमर रहुन्’: रवी लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले शहिद सदैभ अमर रहुन् भन्ने अभिव्यक्ति दिएका छन् । शहीद दिवसका अवसरमा सहिदहरुलाई स्मरण गर्दै लामिछानेले सामाजिक सञ्जालमा ‘वीर शहिद अमर रहुन्’ लेखेका हुन् ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?