दमाैली : तनहुँमा अन्तर विद्यालय रामज्योति फुटबल कप प्रतियोगिता भोलि देखि हुने भएको छ ।
व्यास नगरपालिका–४ स्थित सिमलटारमा रहेको रामज्योति बोर्डिङ स्कुलले ७ ए साइड अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
व्यास -१३ स्थित वेलवासको खेलमैदानमा भोलि देखि प्रतियोगिता सञ्चालन गर्न लागिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष अध्यक्ष वसुन्धरा घर्तीले जानकारी दिइन्।
प्रतियोगितामा विजेताले नगद १५ हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रिन्सिपल बिपिन गौलीले जानकारी दिए ।
विद्यालयका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क २५ सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा व्यास नगरपालिका भित्रका १३ टिम सहभागी रहेको जनाएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि २०६५ साल मा जन्मेको र कक्षा ८ मा पढेको हुनुपर्नेछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?