धनगढी : प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएको छ । मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि प्रस्तावमाथि मतदान नै गर्न परेन ।
उनलाई विश्वासको मत पुग्न निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका ७ जनै सांसद बैठकमा अनुपस्थित भएपछि उनको पदमुक्त हुने त्यस अघि नै निश्चित जस्तै भएको थियो ।
नागरिक उन्मुक्तिले आफ्ना माग पूरा नगरेको भन्दै सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
मुख्यमन्त्रीले सम्बोधनमार्फत आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । उहाँ पुस २७ गते ना गरिक उन्मुक्ति पार्टी समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको थियो ।
अब प्रदेश सभाको ठूलो दलका रूपमा रहेकाे नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रकृया सुरू हुने प्रदेश सभा सचिवालयले जनाएको छ । नयाँ सरकारले पनि गठनको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?