रास्वपा सांसद्को प्रश्न : प्रमुख तीन पार्टी बसेर टाकटुक पारेको गन्ध के हो ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद् असिम शाहले भुटानी शरणार्थी प्रकरणमा तीन पार्टी बसेर टाकटुक मिलाएको गन्ध संसद्‌भरी फैलिएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले उक्त प्रकरणमा तीन दलले टाकटुक पारेको गन्ध देशभरी फैलिन थालेको भन्दै सोधे– त्यो गन्ध के हो ?

उनले त्यसबारे जोडिएर फरार भएकी भनिएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाँडलाई सोधपुछ गरियो कि गरिएन भन्दै प्रश्न गरे ।उनले एमाले अध्यक्ष केपीशर्मा ओलीले जेठ ४ गते खोल्ने भनेको रहस्य आज खोल्ने कि नखोल्ने भन्ने प्रश्न पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?