दमौली : दाेस्राे शिद्ध कप ‘२०८० ‘को भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकीको ठकुरी समाजले हात पारेको छ ।
व्यास नगरपालिका -१३ वेनिकोटमा शुक्रवार भएको फाइनल खेलमा आयोजक सिद्ध बाबा युवा क्लबलाई तीन एक को सेटले पराजित गर्दै सिद्ध कपको उपाधि जितेको हो ।
व्यास नगरपालिका -१३ वेनिकोटमा स्थित शिद्धबाबा युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उपाधिसँगै ठकुरी समाजले नगद ३३ हजार ३ सय ३३ हात पारेको छ भने आयोजक शिद्धबाबा युवा क्लबले नगद २२ हजार २ सय २२ मा चित्त बुझायो ।
त्यस्तैगरी तेश्रो हुन सफल सुखौराको टिमले नगद ११ हजार १ सय ११ गरे । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानका ३४ टिमको सहभागिता रहेका थिए ।
५ सम्म चलेको उक्त प्रतियोगिताको विजेताहरुलाई व्यास -१३ का वडाध्यक्ष वसन्त आलेले पुरस्कार प्रदान गरे।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?