दमौली : तनहुँको भिमादमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडाका ६५ बर्षिय मनहर्ष राना रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
बुधबार दिउँसो भिमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडाका राना आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडी घाईते भएकोमा तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा ल्याई उपचार गराउने क्रममा उपचारको क्रममा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?