दमौली इकाइ अधिवेशन : कुन कुन पदमा हुँदैछ निर्वाचन

दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको नयाँ नेतृत्व चयनका लागि आज  निर्वाचन हुँदैछ ।  सभापतिमा विन्दुलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ (राकु) र शुकनारायण मल्लको उम्मेदवारी दर्ता  निर्वाचन संयाेजक भीमलाल श्रेष्ठले जानकारी दिए ।

उपसभापतिमा विष्णुलाल श्रेष्ठ, दिपक राई, इन्द्रलाल श्रेष्ठ, राजेन मियाँ र शेषराज श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

कोषाध्यक्षका लागि हर्षमान श्रेष्ठ, लालप्रसाद प्रधान, नारायण मल्ल र युवराज भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

जिल्ला प्रतिनिधिका लागि भरतकुमार श्रेष्ठ, भूपाल आले मगर, वीरेन्द्रकुमार श्रेष्ठ, ब्रजेज साह तेली, एकप्रसाद श्रेष्ठ, किनकुमार श्रेष्ठ, माधव न्यौपाने, मोहम्मद सलिम मियाँ, महेश मल्ल, नविन श्रेष्ठ, प्रकाश श्रेष्ठ र राजेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

इकाइ सदस्यका लागि अनिलकुमार श्रेष्ठ, अनुप दाहाल, अर्जुन पौडेल, अशोक शाह तेली, बलराम वाग्ले, वीरबहादुर नेपाली, विष्णुकुमार कायस्थ, चिजकुमार श्रेष्ठ, मनोजकुमार गुप्ता, नारायण सापकोटा, पोष्टमान श्रेष्ठ, प्रकाश श्रेष्ठ, रवि भुजेल, संगम घर्ती, सूर्या रसाइली, ठाकुरप्रसाद पौडेल र टिकाराम गिरीले उम्मेदवारी दर्ता गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?