राष्ट्रिय सभा सदस्यको टिकट तनहुँका पदमले पाए

दमौली : नेपाली कांग्रेसले गण्डकी प्रदेशको अपांगतातर्फ तनहुँका पदम परियारलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय  गरेको छ ।

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा माघ ११ गते हुने निर्वाचनका लागि तनहुँका पदम परियारलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय हो ।

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थको रिक्त हुने उक्त कोटामा परियारले कांग्रेसबाट टिकट पाएका हुन् । गण्डकी प्रदेशको अपांगता कोटामा यसअघि तनहुँकै पन्थ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल अहिले सकिन लागेको हो ।

तनहुँबाट अपांगतातर्फ पन्थ, छत्रराज भण्डारी, पदम परियार र रामबहादुर अधिकारी सिफारिस भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?