काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक सभापतिको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिएको छ ।
पार्टी सभापति रबि लामिछाने भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जानुपर्ने भएकाले लामिछानेले डा. वाग्लेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
लामिछाने माघ १३ देखि १४ गतेसम्म दुई दिन भारतको कार्यक्रममा सहभागी हुनेछन् ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?