सातौं व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्कालाई

दमौली :  शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले मंगलवार आयोजना गरेको सातौं अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेस खड्काले जितेका छन्।

व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी तीन घण्टा १८ सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् ।

प्रतियोगितामा बैतडीका मोहन देव जोशी द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा दुई मिनेट ३३ सेकेन्डमा पार गरेका छन् । यस्तै काठमाडौंका कारण रावल तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा १० मिनेट ३३ सेकेन्डमा पार गरेका छन् ।

म्याराथनमा प्रथम हुनेलाई रु.८५ हजार ८०, द्वितीय हुनेलाई रु.६५ हजार ८०, तृतीय हुनेलाई रु. ५५ हजार  नगद प्रदान गरिने व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

यसैगरी काठमाडौंका त्रिभूवन आर्मी क्लबका राजन मेचोङबा , सोहि क्लबकै प्रताप खड्का , सोलुखुम्बुका अर्जुन राई , त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार  र दाङका प्रेम बहादुर बस्नेत सान्त्वना भएका छन् । उनीहरुलाई जनही  रु. १६ हजार ८० का दरले पुरुस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा दुई जना विदेशी नागरिक सहित एक सय १२ जना धावकको सहभागिता रहेको थियो ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङ शहीद स्मारक पार्कमा पुगेर सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?