दमौली : प्रथम राष्ट्रिय दरै कप ‘२०८० ‘को सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दुम्सी दरै समाजले हात पारेको छ । व्यास नगरपालिका विपी वनवाटिका खेलमैदानमा भएको फाइनल खेलमा आयोजक दरै समाज तनहुँलाई ५-४ गोलले पराजित गर्दै दरै कपको उपाधि जितेको हो ।
दरै समाज तनहुँद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै दुम्सी दरै समाज एकाई ले नरु एक लाख एक हजार एक सय ११ हात पारेको छ भने आयोजक दरै समाज तनहुँले नगद रु ५१ हजार एक सय ५१ मा चित्त बुझायो ।
खेलमा सर्वोत्कृष्ट खेलाडी दरै समाज तनहुँका पदम दरै ठहरिए ।
विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता दुम्सी दरै समाज एकाई सनम दरै , उत्कृष्ट गोल किपर र म्यान अफ दी म्याच दुम्सी दरै समाज एकाईकै सुरज दरै घोषित घोषित भए।
उक्त प्रतियोगिताको विजेताहरुलाई व्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे।
प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको छ । नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसङ्ख्या छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?