रास्वपा व्यास नगरले सवै वडामा तोकिए संयोजक

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले व्यास नगरका १४ वटै वडामा संयोजक तोकेको छ । नगर समितिको सोमबार बसेको बैठकले सबै वडामा संयोजक तोक्ने निर्णय गरेको नगर सभापति चुडामणि दाहाल जानकारी दिए ।

वडा नम्बर १ मा कोमलबहादुर जिसी, २ मा गौरीशंकर थापा, ३ मा करुण काफ्ले, ४ मा क्या. गोपाल गुरुङ, ५ मा दिनेश खनाल, ६ मा नगेन्द्र शर्मा ढुंगाना र ७ मा रोशन परियार संयोजक तोकिएका छन् ।

८ मा सूर्यचन्द्र लम्साल, ९ मा सुवर्णभद्र आचार्य, १० मा पदमबहादुर दरै, ११ मा सुशील पौडेल, १२ मा बद्रीनाथ न्यौपाने, १३ मा मन्जु विक र १४ मा पुण्यप्रसाद भट्टराई संयोजक तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?