दमौली : नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनमा दमौलीमा जारी आठौँ लखन थापा स्मृति ‘२०८० ‘को अन्तर मावि स्तरीय (सेभेन ए साइड) फुटवल प्रतियोगितामा आयोजक टिम र वाराही निर्मल मावि फाइनल प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा शुक्ला मावि लाई पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा सत्यवती माविलाई पराजित गर्दै निर्मल मावि फाइनल प्रवेश गरेको छ ।
फाइनल खेल आयोजक टिम र निर्मल मावि बीच शनिबार बिहान साढे ११ बजे हुने नेपाल मगर विद्यार्थी संघ तनहुँका सदस्य सोन आले मगरले जानकारी दिए ।
प्रतियोगितामा विजेताले नगद ३० हजार ५ सय ५५ र उपविजेताले २० हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यार्थी संघ तनहुँकी अध्यक्ष विनिता थापा मगरले बताइन्।
जहानिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अबसर पारेर मगर विद्यार्थी संघ तनहुँले प्रतियोगीताको आयोजना गर्दै आइरहेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?