एमाले तनहुँको जिल्ला अधिवेशन वैशाख ७ र ८ गते हुने

दमौली : नेकपा एमाले तनहुँको ११ औ जिल्ला अधिवेशन आँउदो ०८१ वैशाख ७ र ८ गते दमौलीमा हुने भएको छ । एमाले तनहुँको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको वैठकले पार्टीको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

वैठकमा जिल्ला कमिटीले विद्यानको ६७ वमोजिम ८ रिक्त पदहरुमा मनोनित समेत गरेको छ । जसमा सोम शर्मा, विष्णुमाया ढकाल, वावुराम कार्की, नारायण श्रेष्ठ, दिपक खाती, हरि कार्की, भरत केसी र शिवओम मल्ल रहेको छ ।

वैठकले यहि चैत्र १५ गते भित्र सदस्यता नविकरण गरिसक्न समेत सम्वन्धित निकायलाई निर्देशन गरेको छ ।

गण्डकी प्रदेश कमिटीको अध्यक्ष नवराज शर्मा, तनहुँ ईन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने, सविता रसाईली, केन्द्रिय सल्लाहकार परिषद सदस्य एकवहादुर राना लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?