दमौली : तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर घटनास्थलमै शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
आगोले जलेर मृत्यु हुनेमा शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा खेलिरहेका शिशिरले लाइटर खेलाउँदा आगलागी भएको थियो ।
शिशिर ऋषिरामका नाति हुन् । पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको पाइएको प्रहरीले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?